अस्ट्रेलियन सरकारले मार्च ३१ देखि नेपाललाई उच्च तहको भिजा जोखिमबाट मध्यम तहको भिजा जोखिममा झारेको छ ।



अब अस्ट्रेलिया अध्ययन गर्न जाने र त्यहाँ रहेका नेपाली विद्यार्थीले भिजा आवेदन दिँदा पहिले जस्तो सपोर्टिभ डकुमेन्ट बुझाउनु पर्ने झन्झट गर्नु नपर्ने भएको छ ।

अस्ट्रेलियामा लेबल १ र २ गरी दुइवटा तहमा देश अनुसार विद्यार्थी भिसा लाई वर्गीकरण गरिएको थियो । २ लेबल को भिसा लाई अलिक धेरै सपोर्टिभ डकुमेन्ट बुझाउनुपर्छ भने १लेबल को भिसालाई केही सजिलो छ। अब अस्ट्रेलिया जन चाहाने नेपालीहरुले १ लेबल को भिसा प्राप्त गर्ने छन्।
