झापा गोल्डकपका पूर्व अध्यक्ष एवं झापा बिर्तामोडका युवा व्यावसाही विनोद बस्नेत झुन्डिएको अवस्थामा आफ्नै घरमा फेला परेका छन् । आफू सुत्ने कोठाको पंखामा झुन्डिएर उनले आत्महत्या गरेको अनुमान गरिएको छ ।

प्रहरीले घटनास्थल सिल गरेको छ । मृतक बस्नेत अनेकौं सामाजिक तथा व्यवसायिक संघ–संस्थामा कार्यरत थिए । कृष्णबहादुर बस्नेतका जेठा छोरा उनी झापा गोल्डकपका पूर्वअध्यक्ष, जेसीज पूर्वअध्यक्ष समाज झापाका अध्यक्ष, एकका लागि एक अभियानका सहसंयोजक, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १का कार्यसमिति सदस्य, मेची पेट्रोलियम डिलर्स एशोसिएसनका महासचिव रहेका थिए । उनी सयपत्री ट्रेड लिंक लगायत विभिन्न प्रतिष्ठानका सञ्चालक समेत हुन् ।

लामो समयदेखि जेसीज अभियानमा क्रियाशील उनी वीरता जेसीजका पूर्वअध्यक्ष, रोटरी क्लब अफ बिर्तामोडका पूर्वअध्यक्ष, नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष थिए ।

५२ वर्षीय बस्नेतकी श्रीमती र एक छोरी रहेका छन् । श्रीमती कोपिला बस्नेत अधिवक्ता हुन् भने एकमात्र छोरी विभूति एमबीबीएस अध्ययनरत रहेकी छिन ।

#btmrocksnews

Similar Posts