तीव्र आन्तरिक मतभेद, अस्तव्यस्त व्यवस्थापन र अघोषित समूहगत प्रतिस्पर्धाका बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ। सुरुमा ३ दिनभित्र सक्ने दाबी गरिएको महाधिवेशन लम्बिएर छैटौँ दिन शुक्रबार मात्र पदाधिकारीका लागि मतदान भएको थियो। महाधिवेशनमा तीव्र संगठनात्मक अन्योल र बन्दसत्र पटक-पटक प्रभावित हुँदा कुल ३ हजार ८ सय ५९ प्रतिनिधिमध्ये करिब एकतिहाइ (१ हजार २ सय ८९) प्रतिनिधिले मात्र पदाधिकारीका लागि मतदान गरेका थिए। धेरैजसो प्रतिनिधिहरू खर्च र ढिलाइका कारण मतदान नगरी घर फर्किएका थिए।
रवि र स्वर्णिम निर्विरोध, सोविता र तोसिमाबीच कडा टक्कर
पार्टीका संस्थापक सभापति रवि लामिछाने र वर्तमान अर्थमन्त्रीसमेत रहेका उपसभापति डा. स्वर्णिम वाग्ले शीर्ष दुई पदमा निर्विरोध निर्वाचित भएका छन्। डा. वाग्ले २०७९ को आम निर्वाचनपछि पार्टीमा आबद्ध भई उपसभापति बन्नुभएको थियो।
महिला उपसभापति पदका लागि भने निकै रोचक प्रतिस्पर्धा देखियो। कानुनमन्त्रीसमेत रहेकी निवर्तमान केन्द्रीय सदस्य सोविता गौतमले ७ सय ८९ मत प्राप्त गर्दै प्रभावशाली नेत्री डा. तोसिमा कार्की (५ सय ७२ मत) लाई पराजित गरी उपसभापतिमा बाजी मारिन्।
विपिन आचार्य बने महामन्त्री, शाह र ढकाल सहमहामन्त्री
पार्टीको विधान संशोधन समितिको नेतृत्व गरिसकेका र नेतृत्वको निकट मानिने निवर्तमान सहमहामन्त्री विपिन आचार्य ६ सय ७३ मतका साथ महामन्त्रीमा निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धीहरू मनिष झाले ३ सय ४६, गणेश कार्कीले १ सय ६९ र सागर ढकालले १ सय ३९ मत प्राप्त गरे।
त्यस्तै, खुला सहमहामन्त्रीतर्फ असिम शाह (४ सय ७१ मत) र हरि ढकाल (४ सय १० मत) निर्वाचित भएका छन्। महिला सहमहामन्त्रीमा निशा डाँगी ७ सय ३७ मतसहित विजयी भइन्।
विद्युतीय भोटिङ मेसिन र प्रवासमा रहेका प्रतिनिधिहरूका लागि अनलाइनमार्फत गरिएको यस ऐतिहासिक निर्वाचनबाट चुनिएका केन्द्रीय पदाधिकारी र क्लस्टरगत केन्द्रीय सदस्यहरूको पूर्ण विवरण यस प्रकार छ:
नव निर्वाचित केन्द्रीय पदाधिकारीहरू
- सभापति: रवि लामिछाने
- उपसभापति: डा. स्वर्णिम वाग्ले
- उपसभापति (महिला): सोविता गौतम
- महामन्त्री: विपिन कुमार आचार्य
- सहमहामन्त्री: हरि ढकाल
- सहमहामन्त्री: असिम शाह
- सहमहामन्त्री (महिला): निशा डाँगी
केन्द्रीय सदस्यहरूको पूर्ण नामावली (क्लस्टर अनुसार)
१. राष्ट्रिय खुला तर्फ (३२ जना)
१. डा. स्वर्णिम वाग्ले, २. सोविता गौतम, ३. शिशिर खनाल, ४. सागर ढकाल, ५. डा. तोसिमा कार्की, ६. रञ्जु दर्शना, ७. मनिष झा, ८. हरि ढकाल, ९. कविन्द्र बुर्लाकोटी, १०. विपिन कुमार आचार्य, ११. रमेश प्रसाईं, १२. विराजभक्त श्रेष्ठ, १३. निशा डाँगी, १४. इन्दिरा राना मगर, १५. गणेश पराजुली, १६. पुकार बम, १७. जगदीश खरेल (ललितपुर), १८. सुलभ खरेल, १९. यज्ञमणि न्यौपाने, २०. प्रमोद न्यौपाने, २१. अस्मित पोखरेल, २२. रिमा विश्वकर्मा, २३. राजुनाथ पाण्डे, २४. राजीव खत्री, २५. समीक्षा बास्कोटा, २६. गणेश कार्की, २७. खगेन्द्र सुनार, २८. असिम साह, २९. हिमेश पन्त, ३०. जगदीश खरेल (दोलखा), ३१. गीता चौधरी, ३२. लिमा अधिकारी आचार्य।
२. खस/आर्य समूह (१० जना)
१. सुशान्त वैदिक (पुरुष), २. सुदीप ढकाल (पुरुष), ३. हेमराज भट्ट (पुरुष), ४. प्रदीप विष्ट (पुरुष), ५. डिल्लिश्वर कार्की ‘रोहन’ (पुरुष), ६. प्रकृति ढकाल (महिला), ७. टिका संग्रौला ‘ज्वाला’ (महिला), ८. क्रान्तिशिखा धिताल (महिला), ९. जमुना शर्मा (महिला), १०. सुशिला कार्की पोख्रेल (महिला)।
३. आदिवासी/जनजाति समूह (९ जना)
१. मिलन लिम्बु (पुरुष), २. शंकर श्रेष्ठ (पुरुष), ३. मिङ्मा डण्डु शेर्पा (पुरुष), ४. महेश लामा (पुरुष), ५. कृष्णमान श्रेष्ठ (पुरुष), ६. आशिका तामाङ (महिला), ७. अनुष्का श्रेष्ठ (महिला), ८. निशा श्रेष्ठ (महिला), ९. कुसुम महर्जन (महिला)।
४. मधेशी समूह (५ जना)
१. बब्लु गुप्ता (पुरुष), २. अरविन्द साह (पुरुष), ३. दिपक कुमार साह (पुरुष), ४. जुली यादव (महिला), ५. कामिनी कुमारी चौधरी (महिला)।
५. दलित समूह (४ जना)
१. विजय जैरु (पुरुष), २. शिव नेपाली (पुरुष), ३. सविना वि.क. (महिला), ४. खिमा बि.क. (महिला)।
६. थारु समूह (२ जना)
१. करिश्मा कठरिया (महिला), २. अशोक कुमार चौधरी (पुरुष)।
७. मुस्लिम समूह (२ जना)
१. समिना मिया (महिला), २. रहबर अंसारी (पुरुष)।
प्रादेशिक क्लस्टर (३५ जना – प्रत्येक प्रदेशबाट ५ जना)
- कोशी प्रदेश: १. निशा मेहता, २. विश्वराज पोखरेल, ३. शोभा कार्की, ४. कल्पना थापा, ५. सुजाता तामाङ।
- मधेश प्रदेश: १. सुस्मा बस्नेत, २. सुनिता कुमारी चौधरी, ३. नमिता यादव, ४. मञ्जु सिंह, ५. अंकित कुमार यादव।
- बागमती प्रदेश: १. प्रभा ढकाल, २. विदुषी राणा, ३. आकांक्षा पोखरेल, ४. अनिता श्रेष्ठ, ५. पार्वती थापा।
- गण्डकी प्रदेश: १. पवित्रा थापा, २. मनिष खनाल, ३. सागर भुसाल, ४. सोम शर्मा, ५. विष्णु कुमारी गुरुङ (एकता)।
- लुम्बिनी प्रदेश: १. कल्पना पाण्डे, २. संगिता ढकाल, ३. ज्ञानु पौड्याल, ४. देवराज पाठक, ५. शर्मिला खनाल।
- कर्णाली प्रदेश: १. सिता बादी, २. विनिता कठायत, ३. टासी ल्हाइगजोम, ४. मेनुका शाही, ५. प्रकाश न्यौपाने।
- सुदूरपश्चिम प्रदेश: १. हेमराज थापा, २. के. पी. खनाल, ३. दीपक राज बोहरा, ४. जानीका जोशी, ५. चन्द्रा ऐर चाँदनी।
