माघ २५ गते देखि देशभरका झन्डै साढे ३ लाख बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध (एचपीभी) खोप लगाईदैछ ।
स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार कक्षा ६ मा पढ्ने तथा १० वर्ष पुगेका बालिकाहरुलाई खोप लगाईने छ ।

गएको वर्ष खोप अभियानमा छुटेका कक्षा ७ देखि १० सम्मका छात्रा तथा ११ देखि १४ वर्षका किशोरीलाई पनि खोप दिइनेछ ।
विद्यालय जाने बालिकालाई विद्यालयमै खोप लगाइनेछ भने विद्यालय नजाने किशोरीलाई नजिकको स्वास्थ्य संस्थाबाट खोप दिइनेछ । खोप अभियान फागुन १५ गतेसम्म सञ्चालन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।


