यही असोज ३० गते झापा को विर्तामोड १ मा
हुने भनिएको Jamara & The Bits कार्यक्रम को आयोजक, आयोजना र औचित्य माथी प्रस्न उठेको छ , अनुमती लिने डिजी भेन्ट्स नामक संस्था रहेतापनी सो कम्पनी विझापन तथा आइटी संवन्धि कार्य गर्ने भनी मात्र विर्तामोड नगरपालिका मा दर्ता सुचिकृत छ, इभेन्ट गर्ने इजाजत देखिदैन जस्को संचालक हेलिना प्रसाई रहेको मा , अनुमती लिने प्रकृया मा उनको कतै संलग्नता देखिदैन उनको ठाउमा यस कम्पनी का साझेदार, कर्मचारी , अथवा अन्य कुनै आधिकारिक व्यक्ती नभएका जिवन भनिने रोसन भण्डारी को नाम उल्लेख छ, जो आफैमा विवादास्पद पृस्ठभुमी का व्यक्ती हुन , लामो समय लागुऔषध दुर्व्यसन मा रहेको भनी उनी आफैले सार्वजनिककार्यक्रम हरुमा वताउदै आएका छन , हाल औनी कस्तो अवस्था मा छन उनैलाई थाहा होला , आफ्नै कुनै इभेन्ट कम्पनी नभएतापनी विभिन्न संग संस्था ले गरेका कार्यक्रम मा घुस्रेर काम गर्दै आएका छन , गत वर्ष भप्रपुर मा जारी मेची उधोग वाणिज्य संघ को कार्यक्रम मा व्यावस्थापन को भुमिका निभाएका उनी , उनको मेला मा , ध्वनी प्रदूषण, तोकिएको समय भन्दा वढी समयसम्म खोलेको , प्रतिबन्धीत जुवाजन्य खेलहरु खेलाएको , मादकपदार्थ हरु विक्रिवितरण गर्न दिएको भन्दै जिल्ला प्रशासन कार्यालय र जिल्ल प्रहरी कार्यालय ले अनुमती अवधी अगावै वन्द गराईदिएको थियो ।
यसरी जो कोही इजाजतपत्र नभएका संघ संस्था , कम्पनी तथा व्यक्तीहरु वाट कार्यक्रम संचालन हुन थालेपछी , कार्यक्रम को गरिमा , औचित्य र आर्थिक पारदर्शिता पनी ओझेल मा पर्ने गरेको देखिन्छ साथै सामाजिक शान्ती सुरक्षा मा समेत असर पुग्ने देखिन्छ । रु ५लाख पुजी रकम रहेको कम्पनी ले २० लाख वढी का कलाकार हरु वोलाएर अन्य खर्चहरु सहित कार्यक्रम गर्ने स्पोनसर र टिकट वाट लाखौ , करोडौ उठाए पनी , हिसाब किताब सार्वजनिक नगर्ने गरेको वा छेडखानी गर्ने गरेको विगत मा पाईएको छ । तसर्थ सम्वन्धीत निकाय को यस्ता प्रवृतीमाथी कस्तो एक्सन रहला हेर्न वाकी छ #news #info #btmrocks #scam
