. बिर्तामोड: कोशी प्रदेशकै चर्चित खुला ब्यान्ड प्रतियोगिता ‘झापा रकस्टार’ सिजन ३ को अन्तिम भिडन्त (ग्रान्ड फिनाले) यही असार २६ गते बिर्तामोडस्थित अग्रसेन भवनमा आयोजना हुने भएको छ। आयोजकले बुधबार पत्रकार सम्मेलन गर्दै ट्रफी अनावरणसहित फिनालेको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ।

वैशाख ५ गते डिजिटल आवेदनबाट सुरु भएको यस प्रतियोगितामा कुल १२ वटा ब्यान्डले सहभागिता जनाएका थिए। जसमध्ये असार १५ गते भएको फिजिकल अडिसनबाट ५ वटा ब्यान्ड फाइनल प्रवेश गरेका छन्। कार्यक्रम निर्देशक सुनिता तामाङका अनुसार उपाधिका लागि इलामको ‘आवाज ब्यान्ड’, चारआलीको ‘यात्री ब्यान्ड’, बिर्तामोडका ‘बास क्लेफ ब्यान्ड’ र ‘राग भर्स’ तथा धुलाबारीको ‘जेनियम ब्यान्ड’ बीच कडा प्रतिस्पर्धा हुनेछ।

यस सांगीतिक महासंग्रामलाई जगदम्बा टिभिएसले मुख्य प्रायोजन गरेको छ। टिभिएसका नेसनल सेल्स हेड हरि न्यौपानेले युवापुस्तासँग जोडिन पाउँदा खुसी व्यक्त गर्दै फिनालेकै दिन नयाँ मोटरसाइकल ‘टिभिएस अपाची आरटीआर १६०’ को रिजनल लन्च गरिने र कुनै एक उत्कृष्ट ब्यान्डलाई टिभिएसको ब्रान्ड गीत गाउने अवसर दिइने घोषणा गरे। यस्तै, कार्यक्रमका अध्यक्ष अमृत पौडेलले यस प्रतियोगितालाई सांगीतिक उत्सवको रुपमा लिएको बताए।

अमृत स्टोरको प्रस्तुति तथा एनएसएस इभेन्ट्सको व्यवस्थापनमा हुने यस प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँसहित म्युजिक भिडियो निर्माणको अवसर पाउनेछन्। त्यसैगरी दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार र २० हजार नगद, विभिन्न ब्रान्डका गितार र पोर्टफोलियो सुटको अवसर प्राप्त गर्ने जनसम्पर्क अधिकृत प्रकाश संग्रौलाले जानकारी दिए।

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *