झापाको बिर्तामोड स्थित एभरेष्ट होटलमा एक युवक मृत अवस्थामा फेला परेका छन्। हल्दीबारीका ३० वर्षीय सागर बेस्राले युवतीसँगै होटलमा बसेका थिए।
प्रारम्भिक अनुसन्धान अनुसार, राति खाना खाएर सुतेका बेला बेस्राको मृत्यु भएको हो।
कोठामा उनी बेहोस अवस्थामा लडेका थिए र होटल सञ्चालक र युवतीले उनलाई उपचारका लागि अस्पताल पुर्याएका थिए, तर चिकित्सकले मृत घोषित गरेका थिए
