.झापा ।

नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नं. ५ प्रदेश (ख) बाट युवा नेता आबिस्कार भट्टराईले अधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्। भट्टराईले ३५ वर्ष मुनिको युवा पुरुष कोटाबाट आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।

उम्मेदवारी घोषणा गर्दै भट्टराईले पार्टीमा युवा नेतृत्वको सशक्त उपस्थिति, वडा तहका मुद्दालाई नीतिगत तहसम्म पुर्‍याउने र कांग्रेसलाई आम जनताको आँगनसम्म जोड्ने आफ्नो मुख्य एजेन्डा रहेको बताए।

सानै उमेरदेखि पार्टी राजनीतिमा सक्रिय रहेका भट्टराईले राजनीतिक यात्राका अनुभवहरूबाट सिक्दै अग्रजहरूको मार्गदर्शन र युवाहरूको ऊर्जालाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

“पार्टी जीवनमा धेरै कुरा सिकेको छु। अब अग्रजहरूको अनुभवलाई सम्मान गर्दै युवाको सोच, क्षमता र जोशलाई पार्टीको नेतृत्व तहमा स्थापित गराउनुछ,” उनले भने, “वडाको आवाजलाई प्रदेश र केन्द्रसम्म गुञ्जाउन तथा कांग्रेसलाई जनस्तरमा थप मजबुत बनाउन मैले उम्मेदवारी दिएको हुँ।”

पार्टीभित्र युवाहरूको अर्थपूर्ण सहभागिता र नेतृत्व विकासलाई प्राथमिकतामा राखेर मैदानमा उत्रिएका भट्टराईले क्षेत्र नं. ५ (ख) का सम्पूर्ण अग्रज तथा युवा प्रतिनिधिहरूसँग साथ, सहयोग र अमूल्य मतको अपिल गरेका छन् #news #info

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *