

नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड ले बीमितहरुको सहजता र जानकारीको लागि (आफ्नो विवरण आफ्नो हातमा) HIB Profile Application संचालनमा ल्याएको छ । Application लाई Play store र App store बाट download गरि Download पश्चात सम्बन्धित बिमितको बीमा नंबर घरमुलीको बीमा नंबर र जन्मिति राखी Application मा प्रवेश गर्न सकिनेछ। विवरण राख्दा verify हुन नसकेमा उक्त बिबरण जस्तै : जन्मिति,फोन नं बोर्डको System मा गलत प्रबिस्ट भएको छ भने आफ्नो जिल्लाहरुमा रहेको स्वास्थ्य बीमा बोर्डको जिल्ला सम्पर्क कार्यालयहरुमा सम्पर्क गरि सच्याउन सकिनेछ। अथवा www.hib.gov.np मा हेर्न सकिनेछ ।HIB Profile App मा सेवा लिएको बिवरण, Policy विवरण, Active/ In-Active विवरण, नबिकरण भए/नभएको हेर्न पनि सकिन्छ।


