मेची राजमार्गअन्तर्गत हेंवा खोलामा मनसुनअघि बेलिब्रिज जडान हुने

पाँचथरको हेंवा खोलामा बाढीले दुई पटक बेलिब्रिज बगाएपछि नयाँ बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ। फिदिम नगरपालिकातर्फ ग्याबिङ र पक्की पर्खाल निर्माण तथा पहुँच सडक सम्पन्न भइसकेको छ भने हिलिहाङ गाउँपालिकातर्फ ट्रयाक खोलिएको र सतह निर्माण भइरहेको निर्माण कम्पनीका प्रतिनिधि पवन भट्टराईले जानकारी दिएका छन्।

हालसम्म ८० प्रतिशत काम सम्पन्न भइसकेको र ढिलोमा असार १५ भित्र सवारी सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले बताएका छन्। बेलिब्रिज जडानका लागि पाटपूर्जा ढुवानी भइरहेको र जेठ मसान्तसम्ममा काम पूरा हुने सडक डिभिजन कार्यालय इलामको भनाइ छ।

यस सडकले ताप्लेजुङ र पाँचथरका उत्तरी क्षेत्रलाई मुख्य सडक सञ्जालसँग जोड्ने भएकाले जनजीवन सहज बनाउने र आर्थिक–पर्यटकीय गतिविधि सुचारु गर्ने उद्देश्य रहेको जनाइएको छ। रु. ३ करोड ४९ लाखको लागतमा दोभान–सुपरसौगात–लाइट विल्डर्स जेभीले काम गरिरहेको छ।

Similar Posts