संसद्‌मा दर्ता भएका ९ विधेयक र तिनका मूल उद्देश्यहरू

. संवैधानिक निकायका पदाधिकारीहरूको सुविधासम्बन्धी विधेयक

 मूल उद्देश्य: संवैधानिक निकायका पदाधिकारीहरूको दोहोरो सेवा/सुविधा खोस्ने।

. कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक

 मूल उद्देश्य: सबै प्रकारका कर्मचारीलाई निमित्त सञ्चय कोष, निवृत्तिभरण कोष लगायत सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने।

. बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक

 मूल उद्देश्य: बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काम वा व्यवसायमा लगाउन निषेध गर्ने।

. मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक

 मूल उद्देश्य: मेलमिलापको माध्यमबाट छिटो छरितो तथा सरल प्रक्रियाबाट विवादको समाधन गरी न्यायमा सर्वसाधारणको पहुँच बढाउने।

. राहदानी (पहिलो संशोधन) विधेयक

 मूल उद्देश्य: अन्तर्राष्ट्रिय मान्यताअनुसार राहदानी जारी गर्ने।

. मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) विधेयक

 मूल उद्देश्य: बेचबिखन तथा ओसारपसारको कसूरमा दण्ड/सजायको दायरा थप फराकिलो बनाउने।

. खानी तथा खनिज पदार्थ विधेयक

 मूल उद्देश्य: रणनीतिक तथा सामरिक महत्वका खनिज तथा रेडियोधर्मी खनिज पदार्थसम्बन्धी विशेष व्यवस्था गर्ने।

. आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक

 मूल उद्देश्य: दुर्घटनाबाट यात्रुलाई लाग्नसक्ने चोटपटक वा अंगभंग, मृत्यु, उडान विलम्ब, यात्रास्थगन लगायतका कारण यात्रु, मालसामान वा तेस्रो पक्षमा पुग्ने क्षति सम्बन्धमा प्रस्टता गर्ने।

. सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक

 मूल उद्देश्य: पशु सङ्क्रामक रोग नियन्त्रण गर्न तीन वटै तहको सरकार संलग्न भएर काम गर्ने।

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *