सरकारले नागरिकका लागि ल्याएको स्वास्थ्य बिमा कार्यक्रम सरकारले बजेट निकासा गर्न नसक्दा धमाधम बन्द हुन थालेका छन्। नेपाल सरकार द्वारा सञ्चालित स्वास्थ्य संस्थाले भने यसअघि नै बिमा कार्यक्रम बन्द गरिसकेका छन्। त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल) ले माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने निर्णय गरेको छ। अस्पताल प्रशासनले सार्वजनिक सूचना जारी गर्दै त्यसबारे जानकारी दिएको हो। बिमा बोर्डको तथ्यांकअनुसार स्वास्थ्य बिमाका लागि मुलुकभर चार सय ६४ वटा स्वास्थ्य संस्था सूचीकृत भएका थिए। तीमध्ये ५२ निजी स्वास्थ्य संस्था थिए। बिमा कार्यक्रममा तिनीहरूको योगदान ३० प्रतिशत हाराहारी थियो। तर सरकारले बजेट वक्तव्यमार्फत निजी र मेडिकल कलेजबाट सेवा सञ्चालन गर्न रोक लगाएसँगै निजी अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रमबाट हात झिके भने सरकारीले पनि बिस्तारै यो सेवाबाट हात झिकेका छन्।

स्वास्थ्य बीमा बोर्डका अनुसार अहिले सक्रिय बीमितको संख्या करिब ६८ लाख पुगेका छन् । ७७ ओटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम फैलिएको छ। अहिले दैनिक उपचार गर्ने नागरिक बढेसँगै महिनाको करिब दुईदेखि साढे दुई अर्बसम्मको दाबी स्वास्थ्य बीमामा अस्पतालहरुले पेश गर्न थालेका छन् । वर्ष दिन उपचार गराउनेको अहिलेको अवस्था रह्यो भने वार्षिक करिब २५-३० अर्बको वरिपरि दायित्व सिर्जना हुनेछ । स्रोत करिब १४ अर्बको रहँदा अस्पतालहरूलाई दिनुपर्ने भुक्तानी प्रत्यक दिन बढेर गएको छ ।

बोर्डले २०८१ चैतसम्म सबै अस्पतालको भुक्तानी गरेका छन् । त्यसयता असोज मसान्तसम्मको ४६ प्रतिशत रकम भुक्तानी गरेको छ । बाँकी रहेको ५४ प्रतिशत रकमको बक्यौक्ता नै साढे १० अर्ब रुपैयाँ पुगेको छ ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *