शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजना तथा मन्त्री डा. सुधा शर्मा गौतमको अध्यक्षतामा सातै प्रदेशका स्वास्थ्य एवं सामाजिक विकास मन्त्रालयका मन्त्री, सचिव र सरोकारवाला निकायबीच “स्वास्थ्य बीमा सुदृढीकरण तथा समन्वय बैठक” सम्पन्न भएको छ।

बैठकमा स्वास्थ्य बीमा बोर्डका अध्यक्ष, कार्यकारी निर्देशक, मन्त्रालयका महाशाखा प्रमुखहरूका साथै नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियोयस

समन्वय बैठकमा मुख्यतया स्वास्थ्य बीमा कार्यक्रममा सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारको सक्रिय सहभागिता सुनिश्चित गर्ने र स्वास्थ्य सेवा प्रवाहमा देखिएको दोहोरोपन हटाउने विषयमा सघन छलफल भएको थियो बैठकको

मुख्य एजेन्डा स्वास्थ्य बीमा ऐनको दफा २७ मा रहेको व्यवस्था बमोजिम तीनै तहका सरकारले बीमा कोषमा योगदान गर्ने र कार्यक्रमलाई वित्तीय रूपमा दिगो बनाउने उपायहरूमा केन्द्रित रहेको थियो। सहभागीहरूले विद्यमान कोषको परिचालन, दोहोरो सुविधाको अन्त्य र सेवाको गुणस्तर सुधार गर्दै नागरिकको पहुँच विस्तार गर्ने रणनीतिबारे धारणा राख्नु भएको थियो। छलफलको निष्कर्षस्वरूप मन्त्रीज्यू, सचिव डा बिकास देवकोटा र सचिव डिल्लीराम शर्मा र सातै प्रदेशका सचिवहरूले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी र व्यवस्थित बनाउन आ-आफ्नो क्षेत्रबाट आवश्यक सहयोग र प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।
